लुम्बिनी प्रदेशसभा बैठकमा सरकारलाई अविश्वासको मत खसेन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल , भदौँ ७

लुम्बिनी प्रदेशसका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिपक्ष दल बिनानै बसेको बैठकमा विश्वासको विपक्षमा कुनै पनि मत खसेन । प्रतिपक्षी दलको सहभागिता बिनानै सञ्चालन भएको बैठकमा ४२ मत पक्षमा खसेको छ । लुम्बिनी प्रदेशसभाको ९ औं अधिवेशनको पाँचौ बैठकमा केसीले विश्वासको मत प्राप्त गरेका ।छन ।

मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका थिए ।

सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनानै बैठक सञ्चालन गरेका हुन् । सोमबार आज दिउसो साढे एक बजे बसेको बैठकमा एमाले सांसदहरुको विरोधपछि स्थगित बैठक दिउसो साढे २ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले सहभागिता नजनाए पनि संसद सुरु भयो । उक्त बैठकमा दुई वटा कार्यसूचिमाथि कारबाही गर्दै स्थगित गरिएको बैठक पुनः दिउसो साढे ३ बजेका लागि बोलाइएको थियो ।


प्रकाशित : २०७८ भाद्र ७, सोमबार ११:५५