
काठमाडौं , भदौँ, ८
नेकपा एमालेको स्थायी कमिटी बैठक ३ बजे बस्ने भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
आन्तरिक छलफलका लागि भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।आजको बैठकमा माधवकुमार नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा सहभागी नभएका नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।
आज बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतिलाई परिस्कृत गर्दै कार्यान्वयनमा भनिएको छ ।
स्थायी कमिटी सदस्यहरुको सोही माग बमोजिम आज २०७५ साल जेठ २ गतेको अवस्थाको स्थायी कमिटी बैठक बस्ने र बैठकमा यसअघि उपस्थित नभएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने जनाइएको छ ।