प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

[sharethis-inline-buttons]

विराटनगर , भदौँ १०

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् ।त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो ।


प्रकाशित : २०७८ भाद्र १०, बिहीबार ०७:०७