संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ आज

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं
संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।सोही रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछन ।अध्यादेश खारेज गरी त्यसका आधारमा गरिएका सबै नियुक्ती बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

पूर्ववर्ती ओली सरकारले ल्याएको अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश(२०७८ जारी गरेपछि संवैधानिक परिषद्ले अख्तियार, लोकसेवा आयोग, निर्वाचन आयोगलगायतमा पदाधिकारी नियुक्ति गरिएको थियो ।


प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार ०९:४२