लुदअ कपिलवस्तु, साउन १२
नेकपा एमालेका युवा नेता तथा लुम्बिनि प्रदेश सभा सदस्य बिष्णु पन्थिले लुम्बिनि प्रदेशमा माधव नेपालको दल शून्य हुने दावि गरेका छन् । युवा संघ बुद्धभुमि नगर स्तरीय बृहत् भेलाको सम्वोदन गर्दै पन्थीले माधव नेपालले पार्टि फुटाएर ठुलो भुल गरेको बताएका हुन् ।
सम्वोधनका क्रममा उनले पार्टि भित्रको अन्तर संघर्ष पार्टि फोड्न नभई पार्टि बलियो बनाउने उद्देश्य रहेको बताए । माधव नेपाल समर्थक मानिदै आएका भएका पन्थिले नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभाव समेत नपर्ने बताए ।
अहिले जनतामा ठगबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन समेत दिए ।




















