काठमाडौं,भदौँ,१२
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समुह निकट जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् ।पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेल चाक्सिबारीमा शनिबार बिहान वरिष्ठ नेता पौडेल लगायतका नेताले जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।जिल्ला सभापतिहरुको माग पुरा गर्ने विषयमा छलफल केन्द्रित भएको एक नेताले बताएका छन् ।
गत बुधबारदेखि जिल्ला सभापतिहरू पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका छन्। क्रियाशील सदस्यको नामावली प्रकाशित गर्ने विषयलाई लिएर उनीहरु रिले अनसनमा बसेका हुन् । उनीहरुले निर्वाचन निर्देशन संशोधन गर्नुपर्ने माग पनि राखेका छन्।द सभापति देउवाले माग पुरा गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजबाटै रोकिने भएको छ ।
बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएको निस्कर्ष निकाल्दै अब सबै पाटीं पंक्तिलाई महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
आजको छलफलमा नेताहरु प्रकाशनमान सिंह, मिनेन्द्र रिजाल, रामशरण महत, दिलेन्द्रप्रसाद बडुलगायत सहभागि भएका थिए । यस्तै, काठमाडौंका सभापति सबुज बानिँया, धादिङका सभापति रमेश धमला, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी लगायतका सभापतिहरु पनि सहभागि भएका थिए ।