काठमाडौं ,भदौँ १३
निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्न पाउनेभदौ २२ गतेसम्मको दिएको छ ।
आयोगले एमाले र जसपाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो ।
आयोगले एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादीमा प्रवेश गर्न चाहने जनप्रतिनिधिहरुलाई दल विभाजनसम्बन्धी अध्यादेशको प्रावधान अनुसार दल रोज्न पाउने सुविधा दिएको हो । अध्यादेशमा २१ दिनभित्र दल रोज्न दिने व्यवस्था गरिएको छ ।
उनीहरुले आफ्नो सक्कल नागरिकता वा मतदाता परिचयपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर दल रोजेको सनाखत गर्नुपर्नेछ । यसैगरी प्रदेशसभा र स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र पनि सँगै लैजानुपर्नेछ ।




















