धनगढी , भदौँ १५
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना प्रदेशसभा सांसदले एमाले दल परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।सभामुखसहित २५ जना सांसद रहेको प्रदेशसभामा एमालेमा छँदा माधवकुमार नेपालको पक्षमा १८ जना सांसद रहेका थिए । ती मध्ये १३ जना सांसदले एकीकृत समाजवादी दल रोज्ने निर्णय गरेका हुन् ।
सोडारीबाहेक तारा लामा तामाङ, बलबहादुर सोडारी, पूर्णा जोशी, दुर्गा कामी, माया भट्ट, लालबहादुर खड्का, अमरबहादुर साउद, अर्चना गहतराज, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी र सुशीला बुढाथोकीले सनाखत निर्वाचन आयोग कार्यालय पुगेका छन् ।
एमाले उपाध्यक्ष एवं सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता भीम रावलले माधवकुमार नेपालसँगको संगत परित्याग गरी अध्यक्ष केपी शर्मा ओली पक्षमा विलय भएपनि उनले प्रदेशबाट धेरै सांसदहरुलाई जोगाउन सकेनन् ।सांसद सोडारीले २२ गतेसम्म थप सांसदहरु एकीकृत समाजवादीमा सनाखत गर्ने दाबी गरेका छन् ।यसअघि एमालेको संस्थापन पक्षमा ६ जना मात्र सांसद रहेकोमा अब नेपालको पक्षमा नगएका केही सांसद थपिने भएका छन् ।