
काठमाडौं ,भदौँ १७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारका हालसम्मका काममा समीक्षा र समसामयिक विषयमा छलफल भएको बताइएको छ । दुई शीर्ष नेताको बैठकमा एमसीसीबारे पनि छलफल भएको आंकलन गरिएको छ ।

