
बुटवल ,भदौ १७
जनताको जीवन रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।
देवदह नगरपालिका वडा नम्बर (१ को वडा कार्यालय भवनको उदघाटन गर्दै उहाले अविरल वर्षा पछि उत्पन्न भएको समस्या समाधान गर्न संघिय,प्रदेश र पालिका सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
देवदहका विभिन्न वडाहरु डुवान प्रभावित भएको बताउदै उहाले त्यहाका नागरिकको पिडामा सवै मिलेर साथ दिनु पर्ने बताउनु भयो ।
फरक प्रसङ्गमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले भुमिहिन, दलित र सुकुम्बासीको समस्या समाधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा संसदको गणितका कारण सरकार ढलेको बताउदै गठबन्धन सरकारले त्यसको स्वामित्व लिन नचाहानु दुखद विषय भएको औल्याउनु भयो ।
पुर्वमन्त्री विश्वकर्माले राष्ट्रको साझा समस्या समाधान गर्न राजनीतिक एकताको खाचो रहेकोमा जोड दिदै परिवर्तनकारी शक्तिहरु एक भएर अघि बढनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य डा। कृष्ण न्यौपानेले अविरल बर्षाका कारण भएको क्षती हामी सवैको साझा समस्या भएकोले सवै मिलेर यसको निराकरणमा लाग्नु पर्ने बताउनु भयो ।
जनताको सुख र दुखमा जनप्रतिनिधिहरु साथमै रहेको बताउदै उहाले वडा कार्यालयको स्थापनाले जनताको कामलाई थप प्रभावकरी बनाउने विश्वास व्यक्त गर्नु भयो ।
देवदह नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष रमेश भुसालको अध्यक्षता र सृजना सापकोटाको सन्चालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री,देवदह १ का वडा सदस्य शेर बहादुर केवट लगायतले बोल्नु भएको थियो ।
े