अर्घाखाँची , भदौँ १
अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादीको पक्षमा लागेकी छन् । गौतमले शुक्रबार जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन् ।
उनी २०७४ सालको स्थानीय तहमा निर्वाचना नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिईन् ।




















