काठमाडौं, भदौँ १८
प्रधानन्यायाधीसबाहेको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध सर्वोच्चमा भ्याकेट निवेदन परेको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार अन्तरिम आदेश विरुद्ध भ्याकेट निवेदन हालेका हुन् ।वरिष्ठ अधिवक्ता त्रिपाठीले सो अन्तरिम आदेश खारेजीको माग गर्दै पूरक निवेदन पेश गरेका हुन् । सर्वोच्च प्रशासनले सो निवेदनमाथि अध्ययन गर्ने जनाएको छ ।