नेपाली कांग्रेसको १४ औं महाधिवेशन ,वडा वडा तात्यो , रुपन्देहीमा कतै सर्बसहमती कतै चुनाव

[sharethis-inline-buttons]

प्रकाश गौतम
बुटवल, १९ भदौ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका स्थानिय तहका अधिकासं वडाहरुमा वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको १६ स्थानिय तहका अधिकाशं वडामा कार्यसमितिको चयन भएका छन ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराए अनुसार जिल्लाका १५५ वटा वडामा मध्य अधिकाश वडाहरुमा निर्बिरोध र केही वडामा मतदान मार्फत समितिको टुङ्गो लागेको हो भने केही वडामा अझै नेतृत्व चयन हुन सकेको छैन ।

यसैगरी रुपन्देहीमा अधिकाश वडाहरुमा क्षेत्रीय प्रतिनिधिमा पनि निर्विरोध प्रतिनिधि चयन भएको छन ।

 

यसैबिच तिलोत्तमा नगर का १७ मध्ये अधिकाशं वडाको कार्यसमितिको चयन भएका छन । काग्रेस तिलोत्तमा नगर सभापती हरिलाल पान्डेका अनुसार तिलोत्तमा नगरपालीका वडा नं–१ को सभापतिमा जवान शिह ठकुरी निर्विरोध चयन भएका छन । वडा नं –२ मा पुर्ण बहादुर खत्री क्षेत्री ,वडा नं – ३ मा केसरी पाण्डे, वडा नं –४ को वडा सभापतिमा किसोर सुवेदि निर्विरोध चयन भएका छन ।

त्यस्तै वडा नं ५ को वडा सभापतिमा रमेश डुम्रे वडा नं ६ मा युवराज भन्डारी , वडा नं ८मा केशवराज अर्याल , वडा नं ९मा धुर्व न्यौपाने , वडा नं १० मान ब गुरुङ्ग , वडा नं ११मा तेज ब कंवर , वडा न १३ मा नारायण ढकाल , १५मा शेर बहादुर थापा , १६मा झबिलाल भुषाल र वडा नं १७ मा सन्त बहादुर बस्नेत चयन हुनु भएको छ । यसैगरी यी सबै वडामा कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत रुपमा चयन गरिएको छ ।

त्यसैगरि नगरको वडा न ७, १२, १४ मा नेतृत्व चयन हुन बाकिं छ । बाकि रहेका ती वडाहरुमा पनी सहमतीको प्रयास भैरहेको नगर सभापती हरिलाल पान्डेले जानकारी दिए । यदि सहमती हुन नसके चुनावी प्रकृया बाट नेतृत्व चयन गरिने पान्डेले जानकारी दिएका छन ।


प्रकाशित : २०७८ भाद्र १९, शनिबार ०८:२०