प्रकाश गौतम
बुटवल, २१ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्र के सी ले भर्खरै गठन भएको सरकार अघिल्ला सरकारका गल्तीहरुलाई सच्चाउने गरि अगाडी बढेको बताएका छन । उनले राज्य सघिंय सरचनामा गएको भएपनी अझैपनी एकात्मक सासन ल्याउने चलखेल भैरहेको दाबि गरे ।
निजामति सेवा दिवसको अवसरमा आज रुपन्देहीको देवदह १० चरङ्गेमा रहेको देवदह साझेदारी बन क्षेत्रमा भएको बृक्षरोपण कार्यक्रममा बोल्दै मुख्यमन्त्री के सी ले सो कुरा बताएका हुन । उनले अहिले जनतासंग जोडीने गरि मन्त्रालयहरुले काम गर्ने र मन्त्रीपरिषदले छिटै पुर्णता पाउने बताएका छन ।
बजेटको सन्दर्भमा मुख्यमन्त्री के सी ले हिजोको सरकारले जनताको आखामा हिलो छ्¥यापेकोले अब दिन गनेर बजेट कायान्वयनमा जाने बताएका छन ।
बृक्षरोपण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रम’ख सचिव दिल्लीराम शर्माले सरकार कर्मचारि बिचको समन्वयलाई ब्यबस्थीत गर्दै अगाडी बढने बताए । देवदह नगरपालीकाका प्रमुख हिरा ब के सी ले अहिले गणतन्त्र र संघीय प्रणाली प्रती जनताको बिस्वास घटदै गएको बताउदै प्रदेश सरकारले जनभावना अनुसार काम गर्नु पर्ने बताए । उनले प्रदेश सरकार आफुसगै जोडिदापनी आफुहरुलाई बिकाशको अनुभुति हुन नसकेको भन्दै बुद्धको मावली स्थललाई बिकाश सगं जोडन आग्रह गर्नु भयो । जिल्ला प्रसासन कार्यालयका प्रमुख अस्मान तमाङ्गले निजामती कर्मचारि काम र देशप्रतीको जिम्वारीका मुख्य खम्वा भएको बताए । उनले नितिलाई ख्याल गर्दै जनताका काममा होमीन सबै निजामती कर्मचारिहरुलाई आग्रह गरे
बन वातावरण तथा भु सरक्षण मन्त्रालयको आयोजना डिभिजन बनकार्यालय रुपन्देही तथा देवदह साझेदारी बव ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।