काठमाडौं ,भाद्र २५
प्रतिनिधिसभाको बैठक आउदो आगाम भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ ।सभामुख अग्नि सापकोटाले बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन ।
एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
त्यस्तै शोक प्रस्ताव लगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो ।