
काठमाडौं , भाद्र २६
मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी० की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग अर्थमन्त्रालयमा आज भेट गरेकी छिन् ।अर्थमन्त्री शर्मासँगको भेटमा संसदबाट जतिसक्दो छिटो एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान उपाध्यक्ष सुमारले आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसको जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले दलहरुमा छलफलकै क्रममा रहेको र दलहरुका बीच सहमति कायम गरेर अगाडि बढ्ने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

