
काठमाडौ , भाद्र २७
सत्तारुढ गठबन्धनका दलहरुले आज पनि मन्त्रिपरिषद् विस्तारको कामलाई पुर्णता दिन सकेका छैनन ।प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलको बैठक बसेपनि मन्त्रिपरिषद् विस्तारमा ठोस सहमति जुटाउन नसकेका हुन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत संसद्मा जारी अवरोध कसरी हटाउने भन्नेबारेमा पनि छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसदको चालु अधिवेशन सुरुदेखि अवरुद्ध गर्दै आएको छ ।

