सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु

[sharethis-inline-buttons]

काठमाडौं , भाद्र २८

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका प्रेम सुवाल उपस्थित भएका छन् । यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका छन् ।

सभामुख र आफ्नो दलबीचको विवादमा अन्य दललाई समेत बोलाइएको र त्यसमा पनि आफुहरुले कारवाही गरेका व्यक्ति समेत उपस्थित भएको भन्दै एमालेलेले बैठकमा अनुपस्थित भएको हो ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुन पुगेपछि सभामुख सापकोटाले आजका लागि हिजो सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा सहभागी हुन संसदमा रहेका सबै दलका संसदीय दलका नेतालाई निमन्त्रणा गरिएको थियो । तर, बैठकमा नेकपा एमाले भने अनुपस्थित भएको छ ।


प्रकाशित : २०७८ भाद्र २८, सोमबार १०:२१