काठमाडौं,भाद्र २८
संसदमा प्रमुख प्रतिपक्षको लगातारको अवरोध खुलाउने प्रयास स्वरुप सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगीएको छ । संसद भवन बानेश्वरमा सोमबार बसेको बैठकमा संसद अवरुद्ध गराउने प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठक निष्कर्षमा नपुगेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन
बैठकमा उपस्थित नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव दिएर बैठक सकिएको सहभागी एक नेताले बताए ।