सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गर्यो

[sharethis-inline-buttons]

काठमाडौं ,२९ भाद्र

सरकारले एकैपटक ८५ जना सहसचिवहरुको सुरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री स्तरको निर्णयबाट एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरिएको हो ।

देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

देउवाले मंगलबार सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । अधिकांस सहसचिवहरुलाई प्रदेशमा खटाईएको छ भने प्रदेशमा कार्यरत सचिवहरुको समेत सरुवा गरिएको छ । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।


प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १२:४२