एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

ByLumbini Darpan Online

१ आश्विन २०७८, शुक्रबार ०८:५९ १ आश्विन २०७८, शुक्रबार ०८:५९ १ आश्विन २०७८, शुक्रबार ०८:५९

काठमाडौं ,आश्विन १

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, मन्त्रिपरिषद् विस्तारबारे । यद्यपी, आशा गरौं यो हप्ताभित्र हुन्छ ।’। नेपालले भने ।

अध्यक्ष नेपाललले आफ्नो पार्टी बोलेर होइन गरेर देखाउने पार्टी बन्ने दाबी गरे । उनले गफबाट जनतालाई अल्मल्याउने पार्टी र नेता नभै बोली र व्यवहारले पुष्टि गर्ने पार्टी र नेता बन्ने विश्वास व्यण्क्र गरे । उनले भने, ‘हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *