एमालेको चर्को नारावाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

[sharethis-inline-buttons]

काठमाडौं ,आश्विन ४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको चर्को नारावाजी र रोष्टम घेराउका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो । एमालेको नारावाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको जानकारी दिए ।

यससँगे २०७८र०७९ को बजेट पारित भएको छ । बजेट पारित भएसँगै अब सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।

अर्थमन्त्री शर्माले गत भदौ २५ गते चालू आर्थिक वर्षका लागि अघिल्लो अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई संशोधन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।


प्रकाशित : २०७८ आश्विन ४, सोमबार १५:४४