
काठमाडौं,आश्विन ५
नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने भएको छ ।ओवादीले वडादेखि केन्द्रीय समिति सदस्यसम्मको नेतृत्व निर्वाचनमार्फत चुनिएर आउने गरी कार्यविधि बनाएको छ ।आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेतृत्व चयनको कार्यविधि बनाएको हो ।यसरी नेतृत्व चयन हुँदा २ लाख ८५ हजार जना चुनिनेछन् ।माओवादीले निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख गरेको छ ।