
काठमाडौं,आश्विन ७
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सरकार विस्तार गर्न ढिलाइ हुँदा कांग्रेस र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। सरकार विस्तारको लागि कांग्रेसभित्रको रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहले आफ्नो भागमा कतिवटा मन्त्रालयको संख्या हो प्रस्ट पार्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन्।

