एमालेको केन्द्रीय कमिटी बैठक भोलि र पर्सी बस्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,आश्विन ७

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक भोलि र पर्सी बैठक बोलाएको छ । विधान महाधिवेशनको संघारमा रहेको एमालेले शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने बताइएको छ ।

उनका अनुसार बैठकले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पारित गर्नेछ । विधान महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा ३ हजार प्रतिनिधिले भाग लिने बताइएको छ ।


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १३:१८