एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल बन्ने पक्का

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं, आश्विन ७

नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल बन्ने भएका छन । आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने सहमति जुटाएको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठक पनि आज नै बस्दैछ । सो बैठकमा भुसाललाई महासचिव बनाउने सचिवालयको सहमति प्रस्ताव पेश गरेर महासचिव घोषणा गर्ने एक नेताले जानकारी दिए । महासचिवमा राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललगायत नेताहरूले पनि दाबी गरेका थिए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १३:४९