
तिलोत्तमा असोज ८
रूपन्देहीको तिलोत्तमामा नेपाली कांग्रेसको नगर अधिवेशनका लागि चुनाबी सरगर्मी बढेको छ। तिलोत्तमामा हरिलाल पाण्डेले पत्रकार सम्मेलन गरि उमेदवारी घोषणा गरेका हुन्। नेतृत्वमा घोषणा गरेको प्यानलमा उप(सभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा, सह(सचिवमा रमेश पराजुली र दिपक थापा रहेका छन्।
उमेदवारी घोषणा गर्दै उनले नेपाली कांग्रेसको विधान अनुसार हरेक वडामा गठन गरिएको टोल समितिलाई गतिशील र चलायमान बनाउन रचनात्मक कार्यक्रम ल्याउने बताए।उनले वडा कार्यसमितिलाई परिचालन गरि हरेक वडामा कम्तिमा ६र६ महिनामा क्रियाशिल भेला गराइने छ र सदस्यहरुका चाहना अनुसारको पार्टीको गतिशिलतामा अगाडि बढाउने बताए। उनले तिलोत्तमा नगर समितिले नगरका कार्यक्रमहरु वार्षिक क्यालेण्डर बनाई सोही अनुरुप कार्यक्रम सञ्चालन गर्ने बताए।
कार्यक्रममा कांग्रेस रूपन्देही सभापति अब्दुल रज्जाकले तिलोत्तमामा कांग्रेसको नेतृत्व ल्याउन पाण्डेको नेतृत्व सक्षम हुने बताए। कार्यक्रममा नगरसचिव शिव गैरेले कांग्रेसलाई गतिशील बनाउन सक्षम नेतृत्व तयार भएको बताए। तिलोत्तमामा नारायण न्यौपानेले पनि नेतृत्वमा दाबी गरेका छन् ।

