राष्ट्रिय युवा संघको वडा भेला सम्पन्न

[sharethis-inline-buttons]

तिलोत्तमा, असोज १०

राष्ट्रिय युवा संघ नेपाल, तिलोत्तमा नगर कमिटीको आयोजनामा वडा भेला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को वडा भेला शनिबार सम्पन्न भएको हो ।
युवा संघ तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको भेलामा एमाले जिल्ला सचिवालय सदस्य, प्रचाव विभाग प्रमुख एवं तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिले चारैतिरबाट घेराबन्दी गर्न खोजिएको भन्दै जनतामा फैलाइएका विभिन्न भ्रमलाई चिर्न युवाहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनले वर्तमान देउवा नेतृत्वको सरकार बनेयता विकासका काम पुरै ठप्प भएको बताउँदै अघिल्लो सरकारले गरेका राम्रा कामलाई स्थापित गरिने बताए ।
भेलामा एमाले नेता विष्णु बराल, युवा संघ केन्द्रीय सदस्य दिनानाथ भट्टराई, रुपन्देही कार्यालय सदस्य कल्पना पांडे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले शिव पौडेलको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बिनोद गुरुङ, अमृत केसी सचिवमा गंगाराम अधिकारी , सहसचिवमा सन्तोष हितान र कोषाध्यक्षमा अपिल ढकाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा रबिन्द्र चौधरी , सन्तोष अर्याल , विबेक गौतम लगायत रहनु भएको छ ।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार १२:२५