
काठमाडौं,आश्विन ११
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा सरकारका काम र पार्टीको आन्तरिक बारे छलफल हुने एक नेताले बताए ।
उनका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ । त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

