अध्यादेश फिर्तापछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने माओवादी केन्द्रको निर्णय

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं ,आश्विन ११

नेकपा ९माओवादी केन्द्रले० राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तारको काम अगाडि बढाउने निर्णय गरेको छ ।सोमबार बिहान बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारका लागि कानुनी जटिलता अन्य हुनुपर्न‍े निस्कर्ष निकालेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरुसँग मन्त्रिपरिषद् विस्तारमा भैरहेको ढिलाई र अध्यादेशबारे भैरहेको छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

बैठकमा जनार्दन शर्मा र देव गुरुङले पार्टी राष्ट्रिय सम्मेलनको मिति यथावत राखि वडा, जिल्ला र प्रदेश सम्मेलनको मिति हेरफेरबारे प्रस्तावसमेत राखेका थिए । नेता गुरुङले भने, ‘पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सानुपपर्‍यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो, पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने, टोल भेलाहरू कात्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ, कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरूको सम्मेलन भन्ने कुरो छ ।’

स्थायी समिति बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने भएको छ ।


प्रकाशित : २०७८ आश्विन ११, सोमबार १२:४२