काठमाडौं ,आश्विन ११
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय हुने बताइएको छ । अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्ने भएपछि प्रधानमन्त्री देउवालेले बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्ले अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस पेश हुनेछ ।