
काठमाडौं,आश्विन १२
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।अधिवक्ता विशाल न्यौपानले खड्को शपथ संविधानको व्यवस्था विपरित भएको भन्दै बदरको माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमा भनिएको छ, ‘‘संघीय कानुनबमोजिमु हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोहीबमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु ।’
यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका खड्का यतिबेला राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा छन् ।

