एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु

[sharethis-inline-buttons]

काठमाडौं,आश्विन १८

नेकपा एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ ।आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बिहान ९ बजेदेखी राष्ट्रिय सभागृहमा भेला सुरु भएको हो ।

स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने जानकारी दिइएको छ ।पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनुपर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्ने बताइएको छ ।

विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित : २०७८ आश्विन १८, सोमबार १०:५८