काठमाडौं ,आश्विन १७
नेकपा एमालेको २ नमबर प्रदेश कमिटीका २५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्र त्याग गरेर एमालेमा गएका नेता प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेकोमा माग सम्बोधन नभएको भन्दै साह निकट २५ जनाले सामूहिक राजनीनामा दिएका हुन् ।
एमालेको २ नम्बर प्रदेश कमिटीका सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका हुन् ।
गत असोज ११ गते २ नम्बर प्रदेश कमिटीका अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए ।