
काठमाडौं, आश्विन २१
मन्त्रिपरिषद विस्तार आज पनि नहुने भएको छ ।सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँटफाँटमा सहमति भएको भनिए पनि पुनः विवाद बल्झिएपछि आज मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।
आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी दलहरु तयारीमा जुटे पनि आन्तरिक तयारी नपुगेको भन्दै विस्तारको काम शुक्रबारसम्म पर सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले भोलि शुक्रबार मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने सहमति गरेका छन् ।मन्त्रालयमा दलहरुबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार पुनः प्रभावित हुने भएको छ ।