सरकारले आज बल्ल पायो पूर्णता

ByLumbini Darpan Online

२२ आश्विन २०७८, शुक्रबार १७:४४ २२ आश्विन २०७८, शुक्रबार १७:४४ २२ आश्विन २०७८, शुक्रबार १७:४४

काठमाडौं,आश्विन २२

सरकारलको मन्त्रिपरिषद् विस्तार गर्ने कामले पूर्णता पाएको छ । सरकार बनेको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सफल भएका हुन ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले २५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको जनाएको छ ।सत्तारुढ गठबन्धनका ४ वटा दलले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएसँगै देउवाले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

 

राष्ट्रपति कार्यालयद्वारा विज्ञप्ति अनुसार प्रधानमन्त्रीपछिको वरियताक्रममा गृहमन्त्री बालकृष्ण खाँण रहेका छन् । यसैगरी तेस्रो नम्वरमा कांग्रेसकै ज्ञानेन्द्रबहादु कार्की रहेका छन् । चौथौं नम्वरमा माओवादी केन्द्रकी पम्फा भुसाल रहेकी छिन् । त्यसपछि जसपाका राजेन्द्र श्रेष्ठ रहेका छन् भने एकीकृत समाजवादीका विरोध खतिवडा त्यसपछिको छैठौं नम्वर वरियतामा रहेका छन् ।प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालको वरियता १९औं नम्वरमा रहेको छ । हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *