लुम्बिनीमा मन्त्रीहरूको नाम टुगिंयो, आज ३ बजे शपथ

ByLumbini Darpan Online

२४ आश्विन २०७८, आईतवार १४:१२ २४ आश्विन २०७८, आईतवार १४:१२ २४ आश्विन २०७८, आईतवार १४:१२

बुटवल आश्विन २४

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेसले मन्त्रीहरूको विस्तार आइतबार हुने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ । नेकपा ९एकीकृत समाजवादी०लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

नेपाली कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएका छन् ।

कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् ।नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्ने भएकी छन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा ९एकीकृत समाजवादी० लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । कांग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताए । राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नाम समावेश गर्न नेतृत्वलाई दबाव परेको कांग्रेसका एक नेताले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *