
काठमाडौं, आश्विन २४
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेका
हुन ।
सत्तारुढ दलकै नेताहरु, विपक्षी दल, पूर्वन्यायाधीसहरु, कानूनव्यवसायीहरु लगायत सबैतिरबाट आलोचना बढेपछि हमालले राजीनामा दिएका हुन् ।
हमालले भनेका छन्, ‘‘तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’