काठमाडौँ, आश्विन २५
आज बसेको राष्ट्रियसभा बैठकको शुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद खिमलाल भट्टराईले गृहमन्त्री बालकृष्ण खाँड आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा पनि मुकदर्शक बनेको आरोप लगाएका छन । रुपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि भएको गोली प्रहारबारे राष्ट्रिय सभामा सवाल उठेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालले सुकुम्बासी मारिएको उक्त घटनामा सरकारको जवाफ माग गरेको हो ।साथै सांसद भट्टराई उक्त घटनाको निष्पक्ष छानबिन गराउन समेत उनले माग गरे ।
घटनाबारे प्रश्न उठाउँदै सांसद भट्टराईले भने, ‘आज अरुका लागि दशैं आएको छ तर ती सुकुम्बासीहरुका लागि दशा । सोही जिल्लाका मान्छे आज गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको होला कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ रु’ घटनाबारे सरकारले कुनै जवाफ नदिएकोमा आफूहरुलाई उदेक लागेको समेत उनले बताए ।





















