बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था हुने प्रधानमन्त्री देउवाको भनाई

[sharethis-inline-buttons]

कात्तिक ४

बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था हुने प्रधानमन्त्री शेरबहादर देउवाले बताएका छन । आज सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत भ्रमणमा आएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा देशभरका बाढीपहिरोपीडितको राहत र उद्धारका लागि तीव्रता दिएको बताएका हुन ।

सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकन भ्रमणमा जान लागेका देउवाले सुर्खेत विमानस्थलमा उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताएका हुन् ।सुदूरपश्चिम जानुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशमा बाढीपहिरोले पुर्‍याएको क्षतिका विषयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायतका विभागीय मन्त्रीहरूसँग समेत गोप्य छलफल गरेका थिए ।प्रधानमन्त्री देउवाले क्षति पुगेका नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताए ।


प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १२:३६