
काठमाडौँ ,कात्तिक ५
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्काल राहत दिने बताएका छन् ।
बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताएका हुन् ।
‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढीपहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुःख कुरा हो, पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरू मरेका छन्, सबै ठाउँमा बाढीले धेरै ठूलो क्षति गरेको छ, बझाङ, डोटीलगायत सबै ठाउँमा ठूलो नोक्सान भएको छ, खेतको धान बगेको छ, कुहिएको छ, अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, भयानक दुःख छ, हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौँ,’ प्रधानमन्त्री देउवाले भने ।
फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास हुन्छ, एमसीसीको सबैभन्दा झुटो प्रचार गरिएको छ, वल्र्ड बैंक छ, एडीबी छ, अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ, मुद्दा लाग्छ, उनीहरूले नेपालको कानुन नै एमसीसीभन्दा माथि हुन्छ भनिसकेको छ, नेपालमा अनुदान आउनु राम्रो हो, सित्तैमा आउने पैसा हुँदैन, हुँदैन भन्छन् ।’