मुख्यमन्त्री आचार्यले विश्वासको मत माग गरेपछि आजको प्रदश सभा बैठक स्थगित ,आइतबार छलफल र मतदान हुने

ByLumbini Darpan Online

५ कार्तिक २०७८, शुक्रबार १६:२० ५ कार्तिक २०७८, शुक्रबार १६:२० ५ कार्तिक २०७८, शुक्रबार १६:२०

विराटनगर ,कार्तिक ५,

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री प्रदेश १ का मुख्यमन्त्री भीम विश्वासको मतका लागि प्रस्ताव पेश गरे पछि बैठक आईतबार बस्ने गरी स्थगीत भएको छ । आचार्यले लिने विश्वासको मतको छिनोफानो आइतबार हुने गरी आइतबार बैठक बस्ने भएको हो ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार छलफल र मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराएका छन् ।

सरकारको एकल नेतृत्व गरेको नेकपा एमाले गत भदौमा विभाजन भएपछि संवैधानिक रुपमा मुख्यमन्त्रीले एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, आचार्यले आफ्नो पद लम्ब्याउन खोजेको विपक्षी दलहरुले आरोप लगाएका छन् ।

प्रदेशसभाको अहिलेको अंकगणितका आधारमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । आचार्यले विश्वासको मत गुमाइसकेका छन् । उनी आइतबार हुने मतदानमा पराजित हुने निश्चित छ । आचार्यको स्थानमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *