
काठमाडौं,कार्तिक ६
अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलमाध्यमबाट एकैसाथ देशभरको वडा अधिवेशनको उद्घाटन गरेका छन् । देशभरका ६ हजार बढी वडामा पार्टीको नयाँ नेतृत्व चयन गर्न एमालेले वडा अधिवेशन गर्न लागेको हो । पार्टी कार्यालयबाट गरिएको विशेष कार्यक्रम वडाअधिवेशनस्थलमा डिस्पेमार्फत देखाइएको छ ।
आज वडाअधिवेशन भएपनि पछिल्लो केहिदिनयता आएको बाढीपहिरो र डुवान भएका वडामा भने अधिवेशन केहि दिन स्थगित हुने भएको छ ।