काठमाडौं, कात्तिक ९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पालिका अधिवेशन एकैसाथ उद्घाटन गरेका छन्। मंगलबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट उनले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अधिवेशन उद्घाटन गरेका हुन्।
म केन्द्रीय कार्यालयबाट एकमुष्ट रुपमा अधिवेशन उद्घाटन भएको घोषणा गर्दछु। यस्तो अधिवेशन एकैपटक जुमको माध्यमबाट उद्घाटन गर्नु सजिलो कुरा होइन। विज्ञान र प्रविधिको माध्यमबाट यो सम्भव भएको छ,ओलीले भने।
उनले सबै अधिवेशनहरु भव्यताका साथ सफलतापूर्वक सुसम्पन्न हुन् भनेर शुभकामना पनि व्यक्त गरे। अधिवेशनबाट निर्वाचित हुने सबै पदाधिकारी र पालिका र इलाका स्तरका सबै सदस्यहरुलाई अग्रिम रुपमा बधाई र शुभकामना दिन चाहन्छु, उनले भने।




















