
काठमाडौं,कार्तिक ९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्र्ेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने प्रधानन्यायाधीससहित पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्ने बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट एमालेको देशभरका पालिकास्तरको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।
ओलीले न्यायाधीशहरुले नै सर्वोच्चको मान मर्नन गरेको बताए । उनले सर्वोच्च अदालतमा तमासा देखिएको भन्दै भने, ‘श्रीमान् न्यायाधीशहरु कसले के के गरेका थिए रु अहिले आफैँ उधिन्न थालेका छन् । सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश गरेका थिए भने एकजनाको मात्रै किन राजीनामा माग्नु हुन्छ श्रीमानहरू रु पाँचै जनाले राजीनामा दिनु उपयुक्त हुन्छ।’
अध्यक्ष ओलीले शक्ति पृथकीकरणका आधारमा चल्नुपर्ने राज्यका तीनवटै निकायहरू असफल भइसकेको दाबी गरे ।