
काठमाडौं,कार्तिक ९
गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकता हटाएर सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउएका छन। मंगलबार सिंहदरबारमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
संविधानले नै कुनै जाति समुदाय विशेषका आधारमा विभेद् नपाइने भन्ने सुनिश्चितता गरेकाले त्यसको पालना र कार्यान्वयनका लागि राज्य गम्भीर रहेको उनले बताए ।
त्यस्तै मन्त्री खाँणले बैमौषमी बर्षाका कारण आएको बाढी पहिरो पिडितलाई राहत दिदै जनजिवन सामान्य बनाउन सरकारको ध्यान केन्द्रीत रहेको बताए . ।
सांसद मीन विश्वकर्माको नेतृत्वमा रहेको सङ्घीय संसद् र प्रदेशसभाका सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहितको प्रतिनिधिमण्डलले दलित समुदायको सहभागितामा दलित मैत्री नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यवस्था मिलाउने लगायतका बुँदा समेटिएको सम्मेलनबाट पारित ज्ञापनपत्र गृहमन्त्री खाँणलाई बुझाएको हो ।