
काठमाडौं,कार्तिक ११
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । १८ दिनपछि बस्नेगरी आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।
आजको बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विगतमा जस्तै रोष्टम घेराउन गर्दै नाराबाजी गरेको केही समयपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १८ दिनपछि बस्नेगरी स्थगित गरेका हुन् ।
एमाले सांसदहरुको अवरोधकै बीच सभामुख सापकोटाले बैठक केहीबेर अघि बढाएका थिए । सापकोटाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएकोबारे राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यसैगरी कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए। यस्तै सभामुख सापकोटाले संसदमा अनुपस्थित हुने सांसदहरुको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे ।