
कार्तिक १२
सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनमा जानु जरुरी नभएको बताउएका छन । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’ बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र संघीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिएका छन ।
निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि समेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उहाँले जोड द्एि । माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने दाबी गरे ।
एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनले बताए ।