
विराटनगर ,कार्तिक १६
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।मंगलबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईसहित ४ जना मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
यस्तै, मुख्यमन्त्री राईले एक जना राज्यमन्त्रीलाई सपथ दिलाएका छन् ।गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा इन्द्रबहादुर आङ्बो, नेपाली काङ्ग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की र भौतिक पूर्वाधार मन्त्रीमा हिमाल कार्कीले सपथ लिएका छन् । यसैगरी जसपाबाट जयराम यादवले सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।