
काठमाडौं, कार्तिक २२
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ । त्यसैले यसबारे म धेरै कुरा गर्न चाहन्नँ । सबै माननीय सदस्यहरूसँग विश्वासको मत माग्दछु’, पाण्डेले भने ।